नेपालले युएईलाई दियो १२० रनको लक्ष्य
काठमाडाैं | बैशाख ७, २०८१
काठमाडौं: एसीसी टी-२० प्रिमियर कपको सेमिफाइनलमा नेपालले यूएईलाई १२० रनको लक्ष्य दिएको छ।
ओमनको अल अमेरत रंगशालामा शुक्रबार पहिले ब्याटिङ गर्दै नेपालले ९ विकेटको क्षतिमा ११९ रन बनाएको हो। नेपालका लागि सन्दीप जोराले अर्धशतक बनाए। उनले ४० बलमा चार चौका र दुई छक्का प्रहार गरे।
त्यस्तै, गुल्सन झालले २० र करण केसीले १७ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
यूएईका लागि अलि नसिर र बलिस अहमदले २/२ तथा जुनैद सिद्दिकी, ओमिद शफी रहमान, आयान अफजल खान र मुहम्मद फारूकले १/१ विकेट लिए।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

